म्याग्दीमा मोतियाविन्दु निःशुल्क शल्यक्रिया शिविर

बेनी । जिल्लाको सदरमुकाम बेनीमा मोतियाबिन्दुको निशुल्क उपचार शिविर संचालन भएको छ । सामाजिक र मानविय सेवामा क्रियाशिल बेनी स्थित लायन्स क्लवहरुको आयोजना र हिमालय आँखा अस्पताल पोखरा, नेपाल नेत्र ज्योती संघ, नेपाल रेडक्रस सोसाईटी र बेनी अस्पतालको प्राविधिक सहयोगमा आईतबारदेखि बेनीमा शिविर संचालन भएको हो ।शिविरको आइतबार जिल्ला प्रशासन कार्यालय ,म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले एक कार्यक्रमका विच उद्घाटन गर्नुभयो ।

यसअघि अन्नपूर्ण गाउँपालिकाको भुरुङ्ग–तातोपानी, रघुगंगा गाउँपालिकाको भगवति, धवलागिरी गाउँपालिकाको फलियागाउँ, मंगला गाउँपालिकाको बाबियाचौर, बेनी नगरपालिकाको रत्नेचौर र जलजला गाउँपालिकाको मल्लाजमा सम्पन्न निशूल्क आँखा परिक्षण शिविरमा पहिचान भएका मोतियाविन्दु विरामीहरुको उपचारका लागि बेनीमा निशुल्क शल्यक्रिया शिविर आयोजना गरिएको शिविरका संयोजक तथा क्लबका जोन चियरप्रसन लोकेश पुनमगरले बताउनुभयो ।

शिविर सोमबार सम्म दुई दिन सञ्चालन हुनेछ । यसअघि पालिका स्तरमा सञ्चालन भएको शिविरमा पहिचान भएका ११२ जना मोतिया बिन्दुको समस्या भएका बिरामीहरुको शल्यक्रिया गरिने शिविरका संयोजक तथा लायन्स क्लवका जोन चियर पर्सन पुनले जानकारी दिनुभयो । उहाँका अनुसार, क्लबहरुको संयुक्त आयोजनामा संचालित शिविरमा करिब दुई हजार २ सय जना र नेपाल नेत्र ज्योति संघले गलेश्वर र चिमखोलामा संचालन गरेको निशुल्क शिविरमा करिब आठ सय जनाले आँखा जाँच गराएका थिए ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार