विप्लव समूहका नेता बास्तोला रिहा

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलालाई काभ्रे प्रहरीले रिहा गरेको छ ।

शुक्रबार ११औँ दिनमा बास्तोला काभ्रे प्रहरीको हिरासतबाट मुक्त भएका हुन् । शुक्रबार बिहान बास्तोलालाई उनकी श्रीमती हिमा र ज्वाइँ गणेश भण्डारीको जिम्मा लगाएर रिहा गरिएको काभ्रे प्रहरी प्रमुख भुपेन्द्र खत्रीले जानकारी दिए ।

यसअघि सर्वोच्च अदालतले बास्तोलालाई रिहा गर्न आदेश दिएपनि अदालतको गेटबाटै पुनः पक्राउ गरी काभ्रे पुर्याइएको थियो । बिहीबार सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति भएसँगै गृह मन्त्रालयले सो समूहका नेतालाई रिहा गर्न सर्कुलर गरेको थियो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार