सिद्धार्थ माविको घेराबार (तस्विर सहित)

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–४,च्युरिबोट स्थित सिद्धार्थ माविको घेराबार गरिएको छ । फ्रान्स स्थित सामाजिक संस्था नमस्ते अँफ दिमालयको आर्थिक सहयोगमा स्थानीय उपभोक्ता समिति मार्फत विद्यालयको सुरक्षाको लागि घेराबार निर्माण गरिएको हो । संस्थाको आठ लाख ५१ हजार चार सय ९८ रुपैयाँ र स्थानीयको ९० हजार छ सय रुपैयाँ बराबरको श्रमदानमा तीन सय मिटर लम्बाई र साढे दुई मिटर उचाईको घेराबार निर्माण गरिएको घेराबार निर्माण उपभोक्ता समितिका अध्यक्ष जगबहादुर घर्ति मगरले जानकारी दिनुभयो ।

ट्रष्ट पाइपमा तार जाली बुनेर घेराबार निर्माण गरी विद्यालयको सुरक्षाको लागि छेकबार गरिएको अध्यक्ष घर्ति मगरले जानकारी दिनुभयो । घेराबार निर्माण भएपछि विद्यालयको सुरक्षामा सहयोग पुगेको बताउँदै प्रअ ललितबहादुर घर्ति मगरले सहयोगी संस्थालाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँका अनुसार फ्रान्स स्थित सामाजिक संस्था नमस्ते अँफ दिमालयले घेराबार निर्माणका लागि करिब ९ लाख ९० हजार रुपैयाँ सहयोग रकम पठाएको थियो ।

बाँकी रहेको रकमबाट विद्यालयमा कम्प्युटर खरिद गर्ने योजना रहेको प्रअ घर्ति मगरले बताउनुभयो । यसअघि विद्यालयमा कम्प्युटर सहयोग ,विद्युत जडान लगायत शैक्षिक सामाग्री सहयोग गर्दै आएको सो संस्थाले सन् २०१४ देखी विद्यालयमा अध्यापनरत निजि श्रोतका दुई जना शिक्षकलाई पारिश्रमिक उपलब्ध गराउँदै आएको प्रअ घर्ति मगरले जानकारी दिनुभयो ।

नमस्ते अँफ दिमालयले नयाँ बर्षको अवसरमा सिद्धार्थ माविको घेराबार संगै नेपालमा विभिन्न क्षेत्रमा ठुलो आर्थिक सहयोग गरेको थियो । फ्रान्समा कवाडी र हस्तकलाका सामाग्री बिक्रीबाट आएको आम्दानीले नेपालका ग्रामिण भेगका विद्यालय तथा विभिन्न क्षेत्रमा ठुलो आर्थिक सहयोग गर्दै आएको संस्था नमस्ते अँफ दिमालय संस्थाले डा. महाविर पुन अध्यक्ष रहेको राष्ट्रिय आविस्कार केन्द्र ,म्याग्दीको मालिका गाउँपालिका–४ स्थित सिद्धार्थ मावि र ललितपुरको कार्यविनायक स्थित अपाङ्ग सेवा संघलाई सहयोग गरेको हो ।

सन् २००६ मा स्थापना भएको संस्थाले म्याग्दीको सिद्धार्थ मावि, चिमखोलामा सहित नेपालका ९ वटा शैक्षिक तथा अनाथलाय क्षेत्रमा सहयोग गर्दै आइरहेको संस्थाका कार्यक्रम संयोजक रोशन पुनले जानकारी दिनुभयो । उहाँले नेपालबाट खरिद गरेर ल्याइएको हस्तकलाका सामाग्री र कवाडी बेचेर आएको आम्दानी र संस्थामा आवद्ध पदाधिकारी ,कर्मचारी र स्वयंसेवक लगायतबाट आर्थिक संकलन गरी नेपालमा ग्रामिण भेगका शैक्षिक तथा सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको बताउनुभयो । तस्विर सौजन्य : जिवनकुमार पुन मगर

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार