स्थापना दिवसमा बेनी अस्पतालका बिरामीलाई फलफुल वितरण

बेनी । नेपाल ट्रेड युनियन कांग्रेस म्याग्दीले ७५ औं राष्ट्रिय स्थापना दिवस मनाएको छ । शुक्रबार युनियन कांग्रेस म्याग्दीले बेनी अस्पतालमा बिरामीहरुलाई फलफुल वितरण गरेर आफ्नो ७५ औं राष्ट्रिय स्थापना दिवस (हिरक जयन्ती) मनाएको हो ।नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालको उपस्थितीमा वितरण गर्नुभएको हो ।

वितरण कार्यक्रममा पुर्व पार्टी जिल्ला सभापति डाक्टर भुपेन्द्र बहादुर खड्का ,निवर्तमान सभापति तथा संविधान सदस्य रेशमबहादुर बानियाँ,उपसभापति माधवप्रसाद रेग्मी , कांग्रेस नेतृ धनकुमारी थापा ,युनियन कांग्रेस म्याग्दीका संस्थापक सभापति दुर्गाराम सुवेदी ,तरुणदल म्याग्दीका अध्यक्ष मुकुन छन्त्याल,जेसिजका राष्ट्रिय उपाध्यक्ष सुजन बरुवाल ,युनियन कांग्रेस म्याग्दीका कोषाध्यक्ष सोमाकान्त सुवेदी लगायतको सहभागिता रहेको थियो ।

युनियन कांग्रेस सभापति उपाध्यायले बेनी अस्पतालका बिरामीहरुलाई फलफुल वितरण गरेर स्थापना दिवस मनाएको बताउनुभयो । कार्यक्रमको संचालन सचिव बोधहरी सुवेदीले गर्नुभएको थियो । उहाँका अनुसार पाँच हजार बढीको फलफुल वितरण गरिएको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार