७३ जना कोरोना संक्रमित थपिए , ३ को मृत्यु

काठमाडौँ ।पछिल्लो २४ घण्टामा नेपालमा ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७४ हजार २१६ पुगेको छ । नेपालमा ९ सय ६८ सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप ६४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ७० हजार ४ सय ७१ रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ७ सय ७७ रहेको छ । क्वारेन्टाइनमा ६१ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार