७८ जना कोरोना संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ७८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ७८ जनामा संक्रमण पुष्टि भएको हो । यसैगरी ,पछिल्लो २४ घण्टामा थप ७२ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७४ हजार २ सय ९४ पुगेको छ । नेपालमा ९ सय ७४ सक्रिय संक्रमित रहेका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ७० हजार ५ सय ४३ रहेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ७ सय ७७ रहेको छ ।हालसम्म देशभर २१ लाख ७० हजार १ सय १२ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ६२ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार