अपराध घटना मुख्य समाचार राष्ट्रिय समाचार समाज

बलात्कारीलाई सात वर्ष कैद फैसला

बागलुङ । उन्नाइस वर्षीया युवतीलाई बलात्कार गर्ने युवालाई जिल्ला अदालत बागलुङले सात वर्ष कैद सजाय फैसला गरेको छ । बागलुङको ताराखोला गाउँपालिका–२ का २१ वर्षीय रेशम वनलाई जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको बुधबारको इजालासले बलात्कार कसुर ठहर गर्दै सात वर्ष कैद सजाय फैसला गरेको हो ।

कैदसँगै वनले पीडित युवतीलाई ८० हजार रकम क्षतिपूर्तिसमेत दिनुपर्ने फैसला गरेको जिल्ला अदालत बागलुङका सूचना अधिकारी सूर्यप्रसाद भण्डारीले जानकारी दिए ।

विसं २०७७ असार १७ गते ती युवतीलाई बलात्कार गरेको अरोपमा वनलाई प्रहरीले असार १८ गते पक्राउ गरेको थियो । प्रहरीले अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिलको कार्यालयमार्फत साउन ११ गते जिल्ला अदालत बागलुङमा जबर्जस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरेको थियो । वन जिल्ला अदालत बागलुङको साउन १२ गतेको आदेशले हालसम्म जिल्ला कारागार बागलुङमा पुर्पक्षका लागि थुनामा रहेका थिए । नागरिक खबरबाट

सम्बन्धित समाचार

thumbnail

प्रहरीसँगको मुद्दा मिलाइदिन्छु भन्दै पैसा मागेको आरोपमा एक पक्राउ

काठमाडौं । प्रहरीसँगको मुद्दा मिलाइदिन्छु भन्दै सर्वसाधारणसँग पैसा मागेको आरोपमा प्रहरीले हेटौंडाबाट एकजनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–१ का ३० वर्षीय सन्जोग लामालाई प्रहरीले शनिबार पक्राउ गरेको हो । लामाले आफू…

thumbnail

लाहानका सुनचाँदी व्यवसायीको हत्या गर्ने दुईजना पक्राउ

जनकपुरधाम । लाहानका सुनचाँदी व्यवसायीको हत्या गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । लाहानका सुनचाँदी व्यवसायी प्रदीप विश्वकर्मालाई गए राति १२ बजे गोली हानी हत्या गरेका थिए । लाहान नगरपालिका ७…

thumbnail

सिरहा बम बिस्फोटमा संलग्न थप एकजना पक्राउ

लहान । सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम बिस्फोट गराएको आरोपमा सिरहा प्रहरीले आज बिहान थप एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका–३ लवकाटोल निवासी २० वर्षीय गुडु…