इटहरीको तिरुपति प्लाइ उद्योगमा आगलागी

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१२, खनारस्थित तिरुपति प्लाइ उद्योगमा आगलागी भएको छ । बिहान ८ बजेदेखि सुरु भएको आगलागी हालसम्म नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) कमल थापाले बताउनुभयो ।

उहाँका अनुसार विभिन्न ठाउँबाट दमकल परिचालन गरी आगलागी नियन्त्रणको प्रयास जारी रहेपनि आगलागी नियन्त्रण हुन सकेको छैन । आगलागीबाट उद्योगमा रहेका कच्चा पदार्थ, यन्त्र उपकरण, भौतिक संरचनासाथै महत्वपूर्ण कागजात जलेको उहाँको भनाइ छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार