कांग्रेसको ताकममा संगठन विस्तार

बेनी ।नेपाली कांग्रेस म्याग्दीले धवलागिरी गाउँपालिका वडा नम्बर ७ ताकममा संगठन विस्तार तथा पुनगर्ठन गरेको छ । शनिबार ताकममा आयोजित कार्यक्रममा पार्टीको वडा इकाई ,महिला संघ र तरुणदलको वडा इकाई गठन तथा पुर्नगठन गरेको हो । नेपाली कांग्रेस ताकम वडा इकाई सभापतिमा थमबहादुर जुग्जाली ,उपसभापतिमा राजकुमार सापकोटा ,सचिवमा राजेन्द्र न्यौपानेमा ,सहसचिवमा नेगेन्द्र थापा ,कोषाध्यक्षमा निल प्रसाद थापा ,सहकोषाध्यक्षमा बेलबहादुर छन्त्याल सहितको वडा इकाई समिति गठन गरिएको छ । भने नेपाल महिला संघ वडा इकाई अध्यक्षमा थमकुमारी शेचरचन चयन हुनुभएको छ ।यसैगरी ,गणेश खत्रीको अध्यक्षतामा तरुणदल वडा इकाई गठन गरिएको छ । इकाईको उपाध्यक्षमा अरुण श्रीपाली ,सचिवमा कुशल रसाइली सहितको २५ सदस्यीय समिति गठन गरिएको छ ।

कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति खमबहादुर गर्बुजा खम्बिरले सरकारले नयाँ पदाधिकारीहरुलाई बधाई दिनुभयो । उहाँले वर्तमान कम्युनिष्ट सरकारले जनतालाई विभिन्न बाहनामा धोका मात्र दिँदै आएको बताउँदै सरकारले गरेका गलत क्रियाकलापको विरुद्धमा सबै एक हुनुपर्ने बताउनुभयो । उहाँले असारमा ताकम सहित म्याग्दी जिल्लामा बाढी पहिरो प्रभावित क्षेत्रमा प्रदेश सरकार र संघिय सरकारले उपेक्षा गरेको स्मरण गराउनुहुँदै नेपाली कांग्रेसको दवाबमा दुई महिना पछि मात्र जिल्ला प्रशासन मार्फत राहत वितरण गरेको बताउनुभयो । ‘हामीले आश्वासन दिएर जनताबाट मत बटुल्ने प्रयास गर्दनौ,‘निरन्तर जनताको माझमै रहेर पार्टीका अभियान सञ्चालन गर्नेछौ’ –सभापति गर्बुजाले भन्नुभयो ।

सोही अवसरमा संविधानसभाका सदस्य एवम् निर्वतमान सभापति रेशमबहादुर बानियाँले जनताको बलिदानबाट प्राप्त संविधानलाई समेत च्यात्ने प्रयास भएको बताउँदै संविधानको रक्षाका लागी कांग्रेसले निरन्तर खवरदारी गर्ने बताउनुभयो ।कार्यक्रममा पुर्व जिल्ला सहसभापति नेत्रबहादुर महत , नेपाल महिला संघ म्याग्दीकी अध्यक्ष बिमला गौचन, नेपाल राष्ट्रिय मगर संघ म्याग्दीका अध्यक्ष हिराबहादुर पुन , जिल्ला सदस्य बलभद्र ढकाल ,नेपाल तरुणदल म्याग्दीका उपाध्यक्ष सोहन श्रेष्ठ विश्वास लगायतले बोलेका थिए । वडा इकाई सभापति क्याप्टेन मन भण्डारीको सभापतित्व र नेपाली कांग्रेस धवलागिरी गाउँपालिकाका सचिव नगेन्द्र मल्लले कार्यक्रम संचालन गर्नुभएको थियो । सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेर दर्जन बढी कार्यकर्ता काग्रेस प्रवेश गरेका छन् ।यसैगरी ,वडा नम्बर ३ मुनामा प्रताप भण्डारीको अध्यक्षतामा तरुणदल वडा इकाई गठन गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार