काठमाडौं वल्ड स्कुलको पोखरामा शैक्षिक अन्तरक्रिया

पोखरा ।बेलायतको पाठ्यक्रमका आधारमा नेपालमै अन्तर्राष्ट्रिय स्तरको शिक्षा अध्ययन गराउने काठमाण्डौ वल्ड स्कुलले पोखरामा अभिभावकहरुसँग शैक्षिक अन्तरक्रिया गरेको छ ।२०७५ सालदेखि सञ्चालनमा आएको स्कुलले यही वर्ष (२०२१) देखि क्याम्ब्रिज विश्वविद्यालय स्तरको शिक्षा अध्ययन गराउने प्रक्रियामा रहेको छ ।हल कक्षा १ देखि ५ सम्म बेलायती पाठ्यक्रम, ६ देखि ९ सम्म राष्ट्रिय पाठ्यक्रम अध्यापन हुँदै आएको छ ।

कक्षा १२ मा अहिले विज्ञान, व्यवस्थापन , मानविकी तथा कानून स.कायको अध्यापन हुँदै आएको छ ।सोही क्रममा स्कुलले अहिले देशैभरि अन्तरक्रियात्मक नेपाल टुर कार्यक्रम गरिरहेको छ । शुक्रबार पोखरामा कार्यक्रम आयोजना गर्दै स्कुलका प्रतिनिधीले पछिल्लो समयको शिक्षा परिस्कृत हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै स्कुलका अध्यक्ष ई. मिथलेस कुमार झाले अहिलेका बालबालिकाको प्रतिष्पर्धा नेपालका बालबालिकासंग मात्र नभई विश्वभरका विद्यार्थीसँग हुने भएकोले त्यही अनुसार तयार गर्दै जानुपर्ने धारणा राखे ।झाले आईटी क्षेत्रमा धेरै भविष्य भएकोले त्यो तर्फ अभिभावकहरूले पनि ध्यान दिन आवश्यक रहेको बताए । उनले २०५० सम्ममा शिक्षाको नया ट्रेन्ड आउने बताउदै समय परिवेश अनुसार आफुलाई तयार गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रम काठमाडौ वल्ड स्कुलका प्रिन्सिपल केशर बहादुर खुलालले आफ्ना सन्तान सफल भए मात्र अभिभावक सन्तुष्ट हुने बताउँदै बालबालिकाको शिक्षामा लगानी गरे मात्रै सन्तान सफल हुने दाबी गरे । सन्तानको भविश्यकालागि अभिभावकहरूले सहि समयमा सहि निर्णय गर्नुपर्ने उनको भनाइ छ ।पोखराको कार्यक्रम अपेक्षित रुपमा सफल भएको ड्रिम हाइ नेपालका प्रमुख कमल जिसीले बताए । कार्यक्रमको सञ्चालन शैल्ताज कुँवरले गरेकी थिइन ।

यो स्कुल नेपालमा शैक्षिक गुणस्तरका कारण विशिष्टकृत स्कुलका रुपमा परिचित छ ।विद्यार्थीको राम्रो भविष्यका लागि अविभावकलाई छोराछोरी पठाउन काठमाडौ वल्ड स्कुलले आग्रह समेत गरेको छ । अन्तरक्रियात्मक कार्यक्रममा पोखराका शैक्षिक क्षेत्रका सरोकारवाला, अभिभावकहरुको बाक्लो सहभागिता रहेको थियो ।

सो स्कुल सूर्यविनायक ७ गुण्डु, भक्तपुरमा रहेको छ ।आधुनिक सिकाइको माध्यमबाट विद्यालय हाताभित्रै स्वीमिङ पूल, बगैंचा, खेल मैदान लगायतका सुविधा सम्पन्न आधुनिक भौतिक संरचनामा कक्षा संचालन गरेको स्कुलले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार