दरबाङमा शैक्षिक परामर्श कार्यक्रम(तस्विर सहित )

बेनी । म्याग्दीको दरबाङमा शनिबार अष्टे«लिया लगायत विभिन्न देशमा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीका लागि शैक्षिक परामर्श कार्यक्रम सम्पन्न भएको छ ।

शैक्षिक परामर्श सेवा प्रदायक अष्टे«लियन एजुकेशन कन्सल्टेन्सीको आयोजना तथा दरबाङ इङ्गलीस बोर्डिङ स्कुलको व्यवस्थापनमा अष्टे«लिया लगायत विदेशमा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थिहरुको लागि सो कार्यक्रम संचालन गरिएको हो । कार्यक्रममा मालिका गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सन्तोष सुवेदीले विदेशमा उच्च शिक्षा अध्ययन गर्न जान चाहनेहरुका लागि कार्यक्रमले टेवा पु¥याउनेमा विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा कन्सल्टेन्सीका म्यानेजिङ डाइरेक्टर रोशन दवाडीले विदेशमा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श नहुँदा ठगिने भएकोले सहयोग पुगोस भन्ने हेतुले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उहाँका अनुसार, अष्टे«लियामा विशेषगरी नर्सिङ, आइटी, अकाउन्टिङ, होटल म्यानेजमेन्ट, मेडिकल ल्यावरोटरी साइन्स, सामाजिक विज्ञान, पब्लिक हेल्थ जस्ता विषय नेपाली विद्यार्थीका मुख्य रोजाइको विषय हुने गरेकोे छ ।

लगायत विभिन्न देशमा पढ्न जाँदा कुन देश, पढाइको विषय, विश्व विद्यालय अनुसारको शुल्क र बसोबाससहितको बारेमा जानकारी गराउनुभएको थियो । अष्ट्रेलियाका युनिभर्सिटीमा आवेदन दिन चाहने विद्यार्थीले आफ्नो शैक्षिक प्रमाणपत्र, एसईई देखि माथि कलेजसम्मको आईएलटीएसको स्कोर, पासपोर्ट, आर्थिक स्रोत खुलेको प्रमाण, नाता प्रमाणित, कर क्लियरेन्स, बैंक ब्यालेन्स प्रमाणपत्र जस्ता कागजात सहित निवेदन दिनुपर्छ । युनिभर्सिटी तथा कलेजले सबै डकुमेन्ट सही भएको ठानेमा भिसाको लागि आवेदन माग गर्दछ । त्यसपछि नेपाल सरकारको नियम अनुसार अन्य प्रक्रिया पूरा गरी आफूले पढ्न चाहेको विषय र युनिभर्सिटीले भिसा दिईसकेपछि अष्टे«लिया जाने बाटो खुल्दछ ।

काठमाडौंमा प्रधान कार्यालय ,अष्टे«लियामा मुख्य शाखा कार्यालय र नेपालका विभिन्न ठाउँमा शाखा कार्यालय रहेको कन्सल्टेन्सीले क्यानडा ,युरोप ,युके,न्युजिल्याण्ड र युएसए लगायत देशमा अध्ययन गर्न जाने विद्यार्थीहरुलाई सेवा प्रदान गर्दै आएको छ ।
कार्यक्रममा कन्सल्टेन्सीका एसिस्टेन म्यानेजिङ डाइरेक्टर सम्मर मास्केले प्रशिक्षण दिनुभएको थियो । दरबाङ इङ्गलीस बोर्डिङ स्कुलका प्रिन्सिपल भिजन रोका मगरले स्वागत र भाइस प्रिन्सिपल नेत्र गुरुङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय कलाकार एन्जिला रेग्मीको प्रस्तुती रहेको थियो ।कार्यक्रममा हिमाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष विरेन्द्र पुन लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा किसानी मावि बिम र दरबाङ इङ्गलीस बोर्डिङ स्कुल लगायत विद्यालयबाट विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार