देशभर थप ३,१२२ जना कोरोना संक्रमित थपिए , २८ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३१२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९२९२ पीसीआर परीक्षणमा ३०३२ र ७८६ एन्टिजेन परीक्षणमा ९० जना गरी ३१२२ जनामा संक्रमण पुष्टि भएको हो । 

यसैगरी ,नेपालमा पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणका कारण थप २८ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४५० रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शनिबारसम्म कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३१३६ रहेको थियो । आइतबारको तथ्यांकमा मृतक संख्या ३१६४ पुगेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार