निक्षेप भन्दा तीन गुणा बढी कर्जा लगानी

काठमाडौं । बाणिज्य बैंकहरुमा पछिल्लो साता निक्षेप घटेको छ । एक सातामा बैंकहरुमा ५ अर्ब रुपैयाँले निक्षेप घटेको नेपाल बैंकर्स संघले जनाएको छ । तर यस अवधिमा कर्जा लगानी भने तीन गुणाले बढेको छ ।

गत साता ३९ अर्ब २७ अर्ब निक्षेप संकलन पुगेको वाणिज्य बैंकहरुमा यो साता ५ अर्बले घट्दै ३९ खर्ब २२ अर्ब भएको हो । तर यता बैंकहरुको कर्जा लगानी भने एक सातामा १८ अर्ब रुपैयाँ भएको छ । गत साता सम्म बैंकहरुको कर्जा लगानी ३५ खर्ब ६५ अर्ब थियो भने यस साता ३५ अर्ब ८३ करोड छ । कर्जा लगानीले आर्थिक गतिविधि बढीरहेको संकेत गर्छ । रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार