नेपाली कांग्रेस पदाधिकारी बैठक आज दिउँसो २ बजे बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज पदाधिकारी बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवाको आह्वानमा आज दिउँसो बस्ने बैठकमा पार्टीका पूर्व पदाधिकारी तथा प्रभावशाली नेताहरुको पनि सहभागिता रहने छ ।

पार्टी कार्यालय सानेपामा बस्न लागेको मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए । सोमबार बस्ने केन्द्रीय कार्यसमिति बैठकका लागि एजेण्डा तय गर्न सभपाति देउवाले बैठक बोलाएका हुन ।

आजको बैठकमा नयाँ सरकार गठनको विषयमा छलफल हुने भएको छ । यसकासाथै माओवादी केन्द्र र जसपासँग सत्तासमिकरणका लागी भइरहेको छलफलको समिक्षा तथा थप रणनीति तय गर्ने जनाइएको छ । मुख्यसचिव पौडेलका अनुसार बैठकमा १४औं महाधिवेशन बारे पनि छलफल हुनेछ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार