पत्रकार तामाङ पक्राउ

काठमाडौं । उज्यालो नेटवर्क डटकमका कार्यकारी सम्पादक अनिश तामाङलाई प्रहरीले पक्राउ गरेको छ । तामाङलाई आइतबार दिउँसो उज्यालो नेटवर्क कार्यालयबाट प्रहरीले घेरावन्दी गरेर पक्राउ गरेको हो ।     

अनामनगरस्थित अनलाइनको कार्यालयमा प्रहरीले घेरा हाली पत्रकार तथा कर्मचारीलाई कार्यालयमै नियन्त्रणमा राखेको थियो ।

पत्रकारहरुको विरोधकाबीच पत्रकार तामाङलाई पक्राउ गरेर प्रहरीले काठमाडौं प्रहरी परिसरमा पुर्याएको छ । यसअघि पत्रकार तामाङले प्रहरी उज्यालो नेटवर्कको कार्यालयमा प्रवेश गरेर आफूहरुमाथि धरपकड गरिरहेको सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभएको थियो ।

उहाँले फेसबुकमा लेख्नुभएको थियो , ‘उज्यालो नेटवर्कको कार्यलयमा प्रहरीले पुनः धरपकड गरेको छ । म लगायत उज्यालो नेटवर्कको पत्रकारहरुलाई प्रहरीले उज्यालो नेटवर्ककै कार्यलयमा नियन्त्रणमा राखेको जानकारी गराउन चहान्छु ।’

सो अनलाइनमा प्रकाशित समाचारको विषयलाई लिएर धरपकड नगर्न प्रहरीको नाममा अदालतले आदेश दिइसकेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार