पत्रकार पूर्णिमाको सफल हिमाल आरोहण, अन्नपुर्ण पुग्ने पहिलो नेपाली महिला

पोखरेबगर । पत्रकार पुर्णिमा श्रेष्ठ र उहाँको टोलीले ८ हजार ९१ मिटर अग्लो अन्नपुर्ण हिमालको सफल आरोहन गर्नुभएको छ । फोटो पत्रकार समेत रहनुभएकी श्रेष्ठ सहितको टोलीले शुक्रबार दिउँसो १ बजेको समयमा अन्नपुर्णको सफल आरोहण गरेर अन्नपूर्ण हिमाल आरोहण गर्ने प्रथम नेपाली महिलाको कीर्तिमानी बनाउनुभएको छ ।

म्याग्दीकाे अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने सो हिमालमा पूर्णिमा श्रेष्ठको टोलीले सफल आरोहण गरेको हो । यो हिमाल आरोहणका लागि पूर्णिमाको टोली गत चैत ८ गते काठमाडौंको सेभेन समिट ट्रेकिङ कम्पनीमार्फत म्याग्दीको नारच्याङबाट उकालो लागेको थियो।

यो पनि…

https://myagdinews.com/2021/03/%e0%a4%aa%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0-%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%a3%e0%a4%bf%e0%a4%ae%e0%a4%be-%e0%a4%b6%e0%a5%8d%e0%a4%b0%e0%a5%87%e0%a4%b7%e0%a5%8d%e0%a4%a0/

पूर्णिमालगायत ६ नेपाली महिलाले आज दिउँसो १ः३० बजे अन्नपूर्ण हिमालको सफल आरोहण गरेका सेभेन समिटका अध्यक्ष निग्मा शेर्पाले जानकारी दिनुभयो।फ्रान्सेली नागरिक मौरिस हर्जौग र लुई म्याकेननले अन्नपूर्ण चुचुरोमा पहिलो पाइला टेकेको ठ्याक्कै ७० वर्ष भयो। उहाँले सन् १९५० को जुन ३ तारिख अर्थात् २००७ साल जेठ २१ गते अन्नपूर्ण पहिलोको सफल आरोहण गर्नुभएको थियो।

पूर्णिमा श्रेष्ठ गोरखाको आरुघाटकी स्थायी बासिन्दा हुनुहुन्छ । श्रेष्ठसँगै दावा याम्जुङ शेर्पा, पासाङ ल्हामु शेर्पा, शर्मिला तामाङ, दावा फुटी शेर्पा र माया शेर्पाले अन्नपूर्ण हिमालको आरोहण गर्नुभएको हो। श्रेष्ठले यसअघि सन् २०१८ मा सगरमाथा,२०१७मा मनास्लु र २०१९मा आमादब्लम हिमालको आरोहण गर्नुभएको थियो। उहाँ म्याग्दीको नारच्याङ हुँदै अन्नपूर्ण आधारशिविर जोड्ने मौरिज हर्गोज पदमार्थको प्रयोग गरेर आरोहणमा जानुभएको थियो ।

यो पदमार्ग प्रयोग गरेर अन्नपूर्ण हिमाल आरोहण गर्न गएको श्रेष्ठको टोली नै पहिलो टोली भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्या.डमबहादुर गर्बुजा पुनले बताउनुभयो। अन्नपूर्ण गाउँपालिकाले पनि पूर्णिमाको आरोहणलाई सफल बनाउन अध्यक्ष क्याप्टेन बर्गुजाले व्यक्तीगत एक लाख   र गाउँपालिकाले चार लाख रुपैयाँ सहयोग गरेको थियो।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार