पत्रकार महासंघ म्याग्दीको अध्यक्षमा पौडेल

म्याग्दी। नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको अध्यक्षमा प्रकाश पौडेल विजयी हुनुभएको छ । बुधबार बेनीमा सम्पन्न शाखाको छठौं अधिबेशनबाट पौडेल विजयी हुनुभएको हो । दुई समुहको प्रतिस्पर्धात्मक चुनावमा अध्यक्ष प्रत्यासी ठाकुरप्रसाद आचार्यलाई पराजित गर्दै नेतृत्वमा पौडेल पुग्नुभएको हो ।

शाखाको उपाध्यक्षमा हरिकृष्ण गौतम, महिला उपाध्यक्षमा मालती खत्री, सचिवमा सन्तोष गौतम ,कोषाध्यक्षमा अमित विश्वकर्मा, खुल्ला सहसचिवमा प्रमोद शर्मा र समावेशी सहसचिवमा साधन राम्जाली  निर्वाचित हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा कमल खत्री, सन्दीप खत्री, अमृत बास्कुने, सन्दिप रिजाल, कृष्णबहादुर जिसी, नजरानाशिह ठकुरी, पदम विश्वकर्मा, जेनीशा पुरी, सुदर्शन कुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । प्रतिस्पर्धात्मक चुनावमा ५८ जना पत्रकारले संघ, प्रदेश र जिल्लाको मतदान गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार