पश्चिम सुर्खेतको सिस्नेरीमा आगलागीबाट ९ घर जलेर नष्ट

सुर्खेत । पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाको सिस्नेरी बस्तीमा आगलागी हुँदा ९ घर जलेर नष्ट भएको छ । बराहताल–९ मा रहेको सिस्नेरी बस्तीमा बिहीबार अपरान्ह चार बजेतिर आगलागी भएको हो ।

८ घर पूर्णरुपमा जलेर नष्ट भएको र एउटा आंशिकरुपमा जलेको वडाध्यक्ष युवराज कार्कीले जानकारी दिनुभयो । उहाँकाअनुसार हरियाली सामुदायिक वनमा लागेको आगो बस्तीमा सल्किएको हो ।

“बस्तीबाट नजिकै रहेको वनमा लागेको आगोले सिधैँ बस्तीमा भेट्टाउँदा घर जलेका हुन्,” वडाध्यक्ष्य कार्कीले भन्नुभयो,“प्रहरी र स्थानीयवासी मिलेर अहिले आगो निभाइएको छ ।”सिस्नेरीमा झन्डै १८ घरधुरी छन् । आगलागीबाट पीडितहरुलाई तत्कालका लागि खाद्यान्य वितरण गरिएको वडाध्यक्ष कार्कीले बताउनुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार