पुर्व मगर भाषा प्रशिक्षक खबहादुर गर्बुजाको सम्झनामा श्रद्धाञ्जली सभा

बेनी । नेपाल मगर ससंघ ,म्याग्दीले पुर्व मगर भाषा प्रशिक्षक खबहादुर गर्बुजाको सम्झनामा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर १ बेगखोला जंगलमा घास काट्न जाने क्रममा माथीबाट खसेको ढुङ्गाले लागेर गम्भिर घाइते हुनुभएका गर्बुजाको चैत २० गते पोखरा स्थित मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

श्रद्धाञ्जली सभामा मगर संघ म्याग्दीकी अध्यक्ष डकमाया पाइजा , मगर संघ म्याग्दीका निवर्तमान अध्यक्ष मनप्रसाद थजाली र सचिव खम थापा मगरले गर्बुजाको मृत्युले मगर समुदायमा ठुलो क्षती भएको बताउनुभयो । मगर संघ म्याग्दीको सहयोगमा गर्बुजाले केही बर्ष जिल्लाका गाउँ –गाउँमा पुगेर मगर समुदायलाई मगर भाषा पढाउनुभएको नियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार