बर्दियामा हात्तीको आक्रमणबाट बाख्रा चराउन गएकी एक महिलाको मृत्यु

काठमाडौं । बर्दियामा हात्तीको आक्रमणबाट बाख्रा चराउन गएकी एक महिलाको मृत्यु भएको छ। आइतबार दिउँसो १ बजे गेरूवा गाउँपालिका-१ भटेरा बस्ने ६० वर्षीया भुन्टी बोहरा बगुवा सामुदायिक जंगलमा बाख्रा चराउन गएकी थिइन्। त्यही बेला उनलाई जंगली हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयो।

हात्तीको आक्रमणबाट बोहराको मृत्यु भएको भन्ने खबर प्रहरीले ३ बजे पाएको थियो। इलाका प्रहरी कार्यालय पाताभार बर्दियाबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको थियो।

टोलीले भुन्टीको शवलाई सुरक्षित स्थानमा ल्याएको डिएसपी शाहीले बताउनुभयो। केही दिनअघि बर्दियामा बाघले आक्रमण गरी मानिसको ज्यान लिएको थियो। यो वर्षमात्रै बाघको आक्रमणबाट बर्दियामा १० जनाको मृत्यु भएको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार