मकवानपुरको थाहा नगरमा नवजात शिशुको शव फेला

मकवानपुर । मकवानपुर जिल्लाको थाहा नगरपालिका–६ मा बिहीबार बिहान एक नवजात शिशुको शव फेला परेको छ । थाहा नगरपालिका–६ सरस्वती बजारस्थित नासलथान खोलाको बगरको छेउमा शालनालसहित एक नवजात शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार टाउकोपट्टिको भागमा टोकेको अवस्थामा नवजात शिशुको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको थियो । शव परीक्षणका लागि हेटौंडा अस्पताल ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अभिनास अधिकारी जानकारी दिए । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार