मुस्ताङमा काम गर्ने क्रममा मिक्चरमा बेरिएर म्याग्दीका एक युवाको मृत्यु

म्याग्दी । राष्ट्रिय गौरवको आयोजना आयोजना बेनी-जोमसोम -कोरला सडकअन्तरगत बेनी-जोमसोम सडकको मुस्ताङखण्डमा काम गर्ने एक मजदुरको शुक्रबार मिक्चरमा बेरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

फाइल तस्बिर : ईन्द्रसिंह शेरचन

करिडोर अन्तर्गत कोसिएन न्यौपानेको कम्पनीले ठेक्का लिएको घरपझोङ गापा – ३ को  स्याङको सडकमा सडक वालको काम गर्ने क्रममा म्याग्दी जिल्ला मंगला गाउँपालिका -४ बस्ने २० वर्षीय लालबहादुर रोकाको शुक्रबार बिहान १० बजेको समयमा मिक्चरमा बेरिएर घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक आशिष अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार शव निकालेर परिक्षणका लागी जिल्ला अस्पताल मुस्ताङमा राखिएको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार