मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

कैलाली । कैलालीको टीकापुर नगरपालिका–१, टीकापुर पार्कमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । बुधबार बिहान ८ बजे नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट टीकापुर नगरपालिका १० बस्ने ६० वर्षीया पद्मा साउदको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।दुर्घटनामा संलग्न मोटरसाइकलसहित चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार