म्याग्दीका कोरोना संक्रमितको पोखरामा मृत्यु ,थप ५ जनामा कोरोना संक्रमण पुष्टि

बेनी ।म्याग्दीका एक कोरोना संक्रमतिको मृत्यु भएको छ । कास्कीको पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचारर्थ रघुगंगा गाउँपालिका–३ का ७८ वर्षीय पुरुषको सोमबार बिहान ३ १५ बजेको समयमा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि म्याग्दीबाट पोखरा जानुभएका ७८ बर्षिय पुरुषमा उपचारको क्रममा यही बैशाख १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यसैगरी ,जिल्लाको बेनी नगरपालिकामा ४ र रघुगंगाका १ जना सहित सोमबार म्याग्दीका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार