ललितपुरबाट चोरीका १६ थान मूर्तिसहित एक जना पक्राउ

काठमाडौं । ललितपुरबाट चोरीका १६ थान मूर्तिसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका –६ घर भई हाल ललितपुर–१२ मंगलबजार बस्ने ४८ वर्षीय राज कुमार सुनार छन् ।

पक्राउ परेका सुनार चैत १३ गते राति ललितपुर–१६ धौगलवजारस्थित माईकल शाक्यको मूर्ति बनाउने कारखानाबाट १६ वटा मूर्ति चोरी गरी फरार रहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक प्रज्वल महर्जनले बताए ।

प्रहरीले उनको साथबाट चोरी भएका सबै मूर्तिहरु बरामद गरेको छ । पक्राउ परेका सुनारमाथि जिल्ला अदालत ललितपुरबाट ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार