लुम्बिनीमाथि प्रदेश १ को सहज जित

काठमाडौं । प्रदेश नम्बर १ ले लुम्बिनी प्रदेशमाथि सानदार जित हात पारेको छ । काठमाडौंमा जारी ललितपुर मेयर्स महिला च्याम्पियनसीप अन्तर्गत आजको खेलमा प्रदेश नम्बर १ ले लुम्बिनीलाई १० विकेटले पराजित गरेको हो ।

लुम्बिनीले दिएको १ सय ५ रनको लक्ष्य प्रदेश एकले १३.२ ओभरमा बिना विकेटको क्षतिमा भेट्टाएको थियो । प्रदेश एकको जितमा कप्ता रुविना क्षेत्रीले ६८ तथा काजल श्रेष्ठले २५ रको नटआउट पारी खेलन् ।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङमा उत्रिएको लुम्बिनीले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ४ रन बनाएको थियो । लुम्बिनीका सरस्वती धर्तीमगरले ५०, नेरी थापाले २० तथा नितु भण्डारीले १८ रन जोडिन् भने प्रदेश १ ले १६ रन अतिरिक्त दिएको थियो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार