विराटनगरमा ५२ वर्षीय पुरुषको हत्या

विराटनगर । विराटनगरमा एकजना पुरुषको हत्या भएको छ । शनिबार राति विराटनगर महानगरपालिका-८ बलुवाइका ५२ वर्षीय विको सहनीको हत्या भएको हो ।

घरायसी झगडामा छोराले नै सहनीको हत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सहनीको माइला छोरासँग विवाद भएको थियो । माइला छोरो रवि सहनी शनिबारदेखि नै फरार भएका छन् ।

घरायसी झगडामा धारिलो हतियार प्रहारपछि गम्भीर घाइते भएका सहनीलाई उपचारका लागि कोसी अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा शनिबार राति नै उनको मृत्यु भएको हो ।

मृतकको घाँटीमा धारिलो हतियारले प्रहार गरेको चोट छ । घटनापछि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक (डीएसपी) मानबहादुर राईले जानकारी दिनुभयो । अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार