श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

काठमाडौं ।श्रीमतीको हत्‍या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सियारी गाउँपालिका-३ हर्नैयागाँउ बस्ने ६६ वर्षीय गनपत बाँनिया रहेका छन् ।

बिहीबार बिहान ५५ वर्षीया श्रीमती कुसुम बाँनियाको हत्या गरेको आरोपमा गनपतलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार