सिद्धिविनायक सहकारीको अध्यक्षमा बोहोरा

म्याग्दी । सदरमुकाम बेनीमा सञ्चालित सिद्धिविनायक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौँ वार्षिक साधारणसभा तथा चौँथौं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । चौथो अधिवेशनबाट कुल बहादुर बोहोराको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा चिरञ्जीवी शर्मा, सचिवमा निर्मल खत्री, सह–सचिवमा प्रकाश सापकोटा कोषाध्यक्षमा बिनोद सुवेदी चयन भएका छन् । यसैगरी कार्यसमिति सदस्यहरुमा बालकृष्ण कार्की, बालकुमार लामिछाने, टंक प्रसाद पौडेल र प्रभा पौडेल रहेका छन् ।

लेखा उप–समिति संयोजकमा नगेन्द्र प्रसाद गौतम सदस्यमा सुदिप बानियाँ र प्रमिला सुवेदी पौडेल रहेका छन् । साधारणसभामा संस्थाका निवर्तमान सचिव चिरञ्जीवी शर्माको प्रगति प्रतिवेदन, कोषाध्यक्ष कुल बहादुर बोहोराले आर्थिक प्रतिवेदन र अध्यक्ष भरत बहादुर रकालले संस्थाको बार्षिक प्रतिवेदनले प्रस्तुत गरेका थिए । कुल १ सय १८ जना शेयर सदस्य रहेको संस्थाको ५ करोड कारोबार रहेको छ । निवर्तमान अध्यक्ष रकालको अध्यक्षता र सचिव चिरञ्जीवी शर्माको सञ्चालनमा साधारसभा सम्पन्न भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार