स्थापना दिवसमा नेविसंघद्वारा दृष्टिविहीन विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

बेनी ।नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) म्याग्दीले दृष्टिविहिन विद्यार्थीलाई सहयोग गरी आफ्नो ५२ औं स्थापना दिवस मनाएको छ ।

जिल्लाको रघुगंगा गाउँपालिका–३, मौवाफाँटमा रहेको ज्ञानोदय माविमा अध्ययनरत १४ जना विद्यार्थीलाई करिब १५ हजार बराबरको शैक्षिक साम्रागी वितरण गरिएको छ । विद्यालयमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले म्याग्दीमा शैक्षिक, सामाजिक तथा राजनीतिक आन्दोलनमा नेविसंघको महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।             

सोही अवसरमा वडा नं ३ का अध्यक्ष जिवनकुमार मल्लले विद्यार्थीको हकहितका लागी निरन्तर सक्रिय रहनुपर्नेमा जोड दिनुभयो ।     

शैक्षिक आन्दोलनहरुमा नेविसंघले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउदै नेविसंघले थप सशक्त भएर अगाडी बढ्ने अध्यक्ष निर्मल खत्रीले उद्घोष गर्नुभयो । दृष्टिविहिन विद्यार्थीलाई झोला सहितका शैक्षिक साम्रागीले सहज भएको विद्यालयले जनाएको छ । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार