५ किलो गाँजाको धुलोसहित पक्राउ

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुंगाबाट प्रहरीले ५ किलो गाँजाको धुलोसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुंगाले धादिङ घर घएका १३ वर्षीय निमा तामाङलाई पक्राउ गरेको हो ।

धादिङको माधववेशीबाट काठमाडौं आउँदै गरेको बा.३ ख ८५२३ नम्बरको यात्रुबाहक बसमा आएका निमाको साथबाट ५ किलो गाँजा बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । खैरो टेपले बाँधेर उनले सो गाँजा झोलामा लुकाएर ल्याएका थिए । लागुऔषध नियन्त्रण ऐन–०३३ अनुसार उनीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार