६१ लाख जरिवाना भएका फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दामा ६१ लाख जरिवाना भएका एक फरार अभियुक्तलाई प्रहरीले जनाएको छ । कमला कुमारी राई र कल्पना कुमारी राई समेतको जाहेरीले खोटाङको साविक विजयखर्क–७ घर भई काठमाडौंको कागेश्वरी मनहरा बस्ने ३४ वर्षीय बरुण ढकाललाई उच्च अदालत पाटनले पाँच दिन कैद र ६१ लाख ५५ हजार रुपैयाँ जरिवाना तोकेकोमा केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पेप्सीकोलाबाट उनलाई पक्राउ गरेको हो ।

उनलाई सोमबार फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको सीआईबीले जनाएको छ । ढकालले पर्याप्त मौज्दात रकम नभइ रकम भुक्तानी गर्न चेक दिएर बैंकिङ कसूरजन्य अपराध गरेको बताइएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार