घटना मुख्य समाचार राष्ट्रिय समाचार समाज सुरक्षा

झापामा चट्याङ लागेर प्रहरी सहायक निरीक्षकको मृत्यु

झापा । सोमबार राति परेको चट्याङ लागेर झापामा प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नगरपालिका-२ किच्चकबधमा रहेको अस्थायी प्रहरी चौकीमा कार्यरत महादेव ठाकुर रहेका छन्। ठाकुर सो चौकीका इन्चार्ज समेत हुन्।

साइकलमा गस्ती गर्ने क्रममा राति १० बजे वर्षासहित परेको चट्याङले ठाकुरलाई लागेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले बताउनुभयो। घाइते ठाकुरलाई तत्काल उपचारका लागि भद्रपुरको ओम साइ पाथीभरा अस्पताल ल्याइएको थियो। अस्पताल ल्याउने बित्तिकै उनलाई चिकित्सकले मृत घोषित गरेका थिए। रतुवामाई ५ मोरङ निवासी ४७ वर्षीय ठाकुर एक महिना अघिदेखि उक्त स्थानमा कार्यरत थिए । रातोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

उदयपुरमा रुख काट्ने क्रममा हाँगाले किचेर एकजनाको मृत्यु

उदयपुर । उदयपुरको एक सामुदायिक वन समूहको रुखको हाँगोले किच्दा कामदारको मृत्यु भएको छ। बागेश्वरी सामुदायिक वन उपभोक्ता समूह त्रियुगा नगरपालिका ७ पानीधारेस्थित जंगलमा रुख काट्ने क्रममा हाँगोले किच्दा खोटाङको हलेसी तुवाचुङ…

thumbnail

पछिल्लो २ महिनायता विपदका घटनामा परेर देशभर ४९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २ महिनायता देशभर भएका विपदका घटनामा परेर ४९ जनाको मृत्यु भएको छ । २ महिनायता भएका ६७५ वटा विपदका घटनामा परेर ४९ जनाको मृत्यु भएको हो । तीमध्ये सबैभन्दा…

thumbnail

चीनमा ग्यास बिस्फोटनमा परेर १२ जनाको मृत्यु , १०० भन्दा बढी घाइते

वुहान । चीनको हुबे प्रान्तको शियान नगरमा ग्यास बिस्फोटनमा परेर कम्तिमा १२ जनाको मृत्यु हुनुका साथै एक सयभन्दा बढी व्यक्ति घाइते भएका छन् । स्थानीयअधिकारीहरुका अनुसार घाइतेमध्ये ३९ जनाको अवस्था निकै जटिल…