घटना मुख्य समाचार राष्ट्रिय समाचार समाज सुरक्षा

झ्याल–ढोका बन्द गरेर सुत्केरी बहिनी सेक्न बसेकी दिदीको निसास्सिएर मृत्यु

भक्तपुर । भक्तपुरमा सुत्केरी बहिनीलाई सेक्न बसेको दिदीको मृत्यु भएको छ । झ्याल–ढोका बन्द गरेर सुत्केरी बहिनी सेक्न बसेको उनको निसास्सिएर मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

मृत्यु हुनेमा काभ्रे तिमाल गाउँपालिका–३ की २२ वर्षीय सुनिता तामाङ छिन् । उनी भक्तपुर सूर्यविनायक–१० मिलन चोकमा आमासँग डेरामा बस्दै आएका थिइन् ।

उनीसँगै कोठामा सुतेका आमा र बहिनी अचेत अवस्थामा रहेका छन् । आमा र बहिनी शान्तिमाया तामाङको अहिले मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।

आइतबार राति ११ बजे उनीहरुलाई झ्याल–ढोकाको चुकुल फोडेर निकालिएको थियो । सोहि दिन बहिनी अनिता सुत्केरी भएको र सुत्केरी सेक्न कोठामा कोइला बालिएको थियो । सुनिताको अस्पताल लगेको दुई घन्टापछि मृत्यु भएको थियो । नागरिक खबरबाट

सम्बन्धित समाचार

thumbnail

ललितपुरमा एक पुरुषको शव फेला

काठमाडौं । ललितपुरको ललितपुर महानगरपालिका–५ स्थित तिखेदेवलमा पुरुषको शव भेटिएको छ । ब्याडमिन्टन कोर्ट अगाडी काभ्रेको रोशी गाउँपालिका घर भएका ४५ वर्षीय चन्द्र लामाको शव भेटिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ…

thumbnail

माटोको ढिस्कोले पुरिएर आमा छोराको मृत्यु

बागलुङ । निसीखोलामा माटोको ढिस्कोले पुरिएर आमा छोराको मृत्यु भएको छ । शुक्रबार दिउसो निसीखोला गाउँपालिका वडा नम्बर २ काल्नेचौरमा घर पोत्ने माटो खन्ने क्रममा पुरिएर मृत्यु भएको स्थानीय शिक्षक मानबहादुर केसीले…

thumbnail

सवारी ज्यान मुद्दामा फरार वडाध्यक्ष यादव पक्राउ

काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष जयनारायण यादव पक्राउ परेका छन्। सवारी ज्यान मुद्दामा फरार रहेका उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक…