बेनी नगरपालिका मुख्य समाचार म्याग्दी न्युज विशेष समाज स्थानीय

बेनी अस्पतालमा उपचाररत विरामीका कुरुवालाई निःशुल्क खाना

म्याग्दी । म्याग्दीको बेनी अस्पतालमा उपचाररत विरामीका कुरुवालाई निःशुल्क खाना खुवाउन थालिएको छ । कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि जारी लकडाउनका कारण होटलहरु बन्द भएको कारण कुरुवाहरुलाई खाना खानका लागि आइपरेको समस्या हल गर्न योङ्ग कम्युनिष्ट लिग, नेपाल र अनेरास्ववियु (क्रान्तिकारीले) शुक्रवारदेखि निःशुल्क खाना खुवाउन सुरु गरेका हुन् ।

बेनी अस्पतालमा भर्ना भएका विरामीहरुलाई अस्पतालमै निःशुल्क खानाको प्रवन्ध रहेको र त्यहाँ उपचाररत विरामीलाई उपचार गराउन आएका उनीहरुका आफन्त र कुरुवालाई खानाको असुविधा भएकाले लकडाउन अवधिभरका लागि निःशुल्क खाना खुवाउन थालिएको आइसीएलका जिल्ला अध्यक्ष सन्दिप खत्रीले बताउनुभयो । उहाँका अनुसार, बेनीको अस्पताल चोक नजीक रहेको मगर संघको हलमा दुई संगठनका स्वयमसेवकहरु परिचालन भएर विहान ९ देखि ११ बजेसम्म र साँझ ६ बजेदेखि ८ बजेसम्म खाना खुवाउने प्रवन्ध मिलाइएको छ ।

पहिलो दिन शुक्रवार विहान १३ जनालाई खाना खुवाईएको छ । अस्पतालमा उपचाररत विरामीका कुरुवा संगै लकडाउनको कारण खानाको प्रवन्ध नभएका अन्य व्यक्तिहरुलाई समेत निःशुल्क खाना खुवाउने अध्यक्ष खत्रीले जानकारी दिनुभयो । वाईसिएल र अनेरास्ववियु (क्रान्तिकारी)ले हामी सेवा गर्न चाहन्छौँ भन्ने अभियान नै चलाएर लकडाउनको कारण उपचार गराउन र उपचार गराएर घर फर्कनका लागि समस्यामा परेकाहरुलाई निःशुल्क यातायात सेवा समेत सुचारु गरिरहेको अनेरास्ववियु (क्रान्तिकारी) का जिल्ला अध्यक्ष रेशम केसीले जानकारी दिनुभयो । उहाँका अनुसार, लकडाउनको कारण समस्यामा परेका विपन्न, मजदुरका परिवारलाई राहत समेत उपलब्ध गराईएको छ ।

 

सम्बन्धित समाचार

thumbnail

बेनी अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

बेनी । म्याग्दीको बेनी अस्पताललाई स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ । संविधानसभा सदस्य तथा नेपाली कांग्रेस म्याग्दीका निवर्तमान सभापति रेशमबहादुर बानियाँको समन्वयमा नेपाल मेडिकल एशोसिएसन ( एनएमए)का बरिष्ठ उपाध्यक्ष डा.शिवप्रसाद श्रेष्ठले…

thumbnail

बेनी अस्पताललाई ४ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग

म्याग्दी । बेनी अस्पताललाई ४ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग प्राप्त भएको छ । नेपाल मेडिकल एसोसेशनले वुधबार बेनी अस्पताललाई ४ वटा अक्जिसन कन्सन्ट्रेटर सहयोग गरेको हो । एसोसेशनको सहयोगमा आएकोे कन्सन्ट्रेटर नेपाली…

thumbnail

गाउँमै आपत्कालीन कोष घोषणा, एकैदिन ६ लाखभन्दा बढी जुट्यो

बेनी । कोभिड–१९ महामारीसँग जुध्न वडामा भइरहेको अभियानमा सहयोग गरिरहेका प्रवासमा रहेका बेनी नगरपालिका–३,भकिम्लीबासीले आपत्कालिन कोष स्थापना गरेका छन्। प्राकृतिक विपत्ती, स्वास्थ्य उपचार, राहत तथा कुनैपनि आपत्कालिन समस्या परेका गाउँलेलाई दिर्घकालिन रुपमा…