अन्नपूर्ण गाउँपालिकामा २७ गतेदेखि ८ दिन लकडाउन (भिडिओ)

सुरेन गुरुङ
पोखरेबगर ।म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि आठ दिन लकडाउन गर्ने निर्णय गरेको छ ।गाउँपालिका अध्यक्ष क्याप्टेन डम बहादुर गर्बुजा पुनको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले २७ गते सोमबार राति १२ बजेदेखि लागू हुने गरि ८ दिनका लागि लकडाउन गर्ने निर्णय भएको गाउँपालिकाका प्रवक्ता कृष्णप्रसाद बरुवालले जानकारी दिनुभयो ।

लकडाउनमा सार्वजनिक वा निजी यात्रु तथा मालवाहक साधन मोटर साइकल समेत सञ्चालन गर्न रोक लगाउने निर्णय गरिएको छ । अस्पताल, औषधालय, स्वास्थ्य सामग्रीका पसल २४ सै घन्टा खुल्ला रहनेछन् । यसैगरी, बैठकले सरकारी बैंक तथा वित्तीय संस्थाहरु पुर्ण रुपमा बन्द गर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।

तरकारी, फलफूल, दूध, डेरीजन्य उत्पादन, ग्यास लगायतका अत्यावश्यक सेवाका पसलहरु स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी संचालन गर्न पाउनेछन् । जमघट र भेला हुने धार्मिक, सांस्कृतिक र सामाजिक कार्यक्रम सञ्चालन गर्न निषेध गरिएको छ ।  अन्नपूर्ण गाउँपालिकाको बैठकले गरेका निर्णयहरु

बैठकले गाउँपालिका अध्यक्षले प्रयोग गर्ने गाडी ,भाडामा लिइएका गाडी समेत कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रयोग गर्ने निर्णय गरेको छ । भने यस अघि स्थापना गरिएको अस्थायी कोभिड अस्पताल जनशक्ति व्यवस्थापन गरेर पुनः संचालनमा ल्याउने निर्णय भएको छ । बैठकले कोभिड विरुद्ध लडिरहेका स्वास्थकर्मिहरुलाई जोखिम भत्ता समेत उपलब्ध गराउने निर्णय गरेको छ । विकास निर्माणका काम भने स्वास्थ सुरक्षा मापदण्ड अपनाएर जारी राखिने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार