अरुण तेस्रोको सुरूङभित्र ढुङगा खस्दा एक कामदारको मृत्यु

संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिका-३ पुखुवामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनाको म्याट वान पावर हाउसको सुरुङभित्र ब्लाष्टिङ लोड गर्ने क्रममा माथिबाट ढुङ्गा खस्दा कामदारको मृत्यु भएको छ।

बुधबार बिहान साढे ८ बजे सुरुङभित्र काम गर्ने क्रममा अचानक ढुङगा खस्दा शुक्लाफाँट नगरपालिका-१२ कञ्चनपुरका ३७ बर्षीय कृष्ण रानाको घटनास्थलमा नै मृत्यु भएको हो।

प्रहरीका अनुसार सोही ढुङ्गाले लाग्दा अर्का कामदार ५० वर्षीय मिठु रानासमेत घाइते भएका छन्। घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल खाँदबारी पठाइएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। सेतोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार