एकैदिन थप ५ हजार ७६३ जनामा कोरोना संक्रमण, १९ को मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ५ हजार ७६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप ५ हजार ७६३ जनामा कोरोना संक्रमण देखिएको हो ।मन्त्रालयका अनुसार अनुसार १४ हजार ४ सय ३ जनामा पीसीआर परीक्षणमा गर्दा ५ हजार ७ सय ६ जना र ५६६ जनामा गरिएको एन्टीजेन परीक्षणमा ५७ जना मा संक्रमण देखिएको हो ।यसैगरी ,पछिल्लो २४ घण्टामा थप १९ जना संक्रमितको मृत्यु भएको छ ।

योसँगै मुलुकभर कोरोना संक्रमितको कुल संँख्या तीन लाख २८ हजार ८९३ पुगेको छ । शनिबार नै १ हजा् २८७ जना निको हुँदा निको हुनेको कुल संख्या २ लाख ८२ हजार २८२ पुगेको छ ।योसँगै देशभर सक्रिय संक्रमितको संख्या ४३ हजार २ सय १३ पुगेको छ। क्वारेन्टीनमा ६७ जना छन्। हालसम्म नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार २७९ पुगेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार