एकैदिन ७ हजार ६६० जना कोरोना संक्रमित थपिए , ५५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १३१ पीसीआर परीक्षणमा ७५८७ र ५७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार एकै दिन कोरोना भाइरस संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन हजार ४१७ पुगेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार