कुवेतमा एक नेपाली श्रमिकको मृत्यु

दोहा । रोजगारीका लागि कुवेत पुगेका एक नेपाली श्रमिकको मृत्यु भएको छ । नुवाकोटको सूर्यगढी गाँउपालिका–४, दार्मे गाउँ घर भएका कश्यप लम्सालको उच्च रक्तचापका कारण मृत्यु भएको हो ।

गत मार्च २१ तारिखमा अचानक भुइँमा ढलेका लम्साललाई कुवेतको मुबारक अल कबिर अस्पतालमा भर्ना गरिएको थियो । उनको सोही अस्पतालमा उपचारका क्रममा मृत्‍यु भएको अस्पतालले जनाएको छ ।

मृतकका विषयमा ढिलो जानकारी आएको भन्दै कुवेत स्थित नेपाली दूतावासले कम्पनी तथा परिवारसंग समन्वय गरेर शव चाँडै नेपाल पठाइने जानकारी दिएको छ । लम्साल लामो समयदेखि कुवेतको एक फुड कम्पनीमा बाइक डेलिभरी ब्वाइको रुपमा कार्यरत रहेको त्यहाँस्थित नेपाली दुतावासले जानकारी दिएको छ । नागरिक खबरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार