कोरोना संक्रमणबाट न्याय परिषद सदस्य निरालाको निधन

काठमाडौं । न्याय परिषद सदस्य लक्ष्मीबहादुर निरालाको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ । उहाँको मंगलबार काठमाडौंको बलम्बुस्थित नेपाल एपीएफ अस्पतालमा मृत्यु भएको हो ।

कोरोना संक्रमणपछि वैशाख १० गते अस्पताल भर्ना हुनुभएको उहाँमा उच्च रक्तचाप र मधुमेहको पनि समस्या देखिएको थियो । काठमाडौंको मित्रपार्क निवासी निराला पूर्वमहान्यायाधिवक्तासमेत हुनुहुन्थ्यो । उहाँलाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ सालमा न्यायपरिषद सदस्य नियुक्त गर्नुभएको थियो । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार