गजल

  • उमेश थापा मगर

लगाउॅंछु नजर राम्री तिर,ठोकिन्छ कि कतै
ईशारा मनको बुझी उनि,रोकिन्छ कि कतै

आज सम्म त सम्हाल्दैथे ,बहकिने यो मन
उन्कै निम्ती साचेको माया,पोखिन्छ कि कतै

लुकिछिपी भेट्दै हामी,सुनसान त्यो रातमा
घाटी खसखस झुक्किएर,खोकिन्छ कि कतै

जागीर सोध्छौ लाहुरे हैन ,किसानको छोरो
धनि गरिब औकातले माया,जोखिन्छ कि कतै

गोरो छाला तिम्रो रोजाई, ध्वासे पो परे मत
रूप हेरेर मायाको मुल्य, तोकिन्छ कि कतै

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार