गण्डकी प्रदेशमा थप ५०६ जनामा कोरोना संक्रमण

गण्डकी । गण्डकी प्रदेशमा बिहीबार थप ५०६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी अद्यावधिक विवरण अनुसार पछिल्लो २४ घन्टामा गण्डकीका १ हजार३ जनाको नमुना परीक्षणमा थप ५०६ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आज पुष्टि भएका संक्रमित प्रदेशका ९ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका २ सय १०, नवलपुरका ९१, तनहुँका २७, गोरखाका र लमजुङका २/२ जना कोरोना पुष्टि भएको छ ।

यस्तै, स्याङ्गजाका १६, पर्वतका ११, बाग्लुङका १ सय १९ जना, म्याग्दी जिल्लाका २८ जनामा कोरोना देखिएको निर्देशनालयले जनाएको छ । आज पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कुल संख्या २५ हजार ९ सय ५३ पुगेको छ । जसमध्ये ७ हजार ३१ सक्रिय संक्रमित अवस्थामा छन् ।

बिहीबार गण्डकीबाट १ सय ४५ जना कोरोनामुक्त भएका छन् । योसँगै प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १८ हजार ६ सय ४ पुगेको छ । २४ घन्टामा गण्डकीमा थप १४ जनाको मृत्यु पुष्टि भएको छ । आज ज्यान गुमाएकासँगै हालसम्म कोरोना संक्रमणबाट ३ सय १८ पुगेको छ । नागरिक खबरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार