झ्याल–ढोका बन्द गरेर सुत्केरी बहिनी सेक्न बसेकी दिदीको निसास्सिएर मृत्यु

भक्तपुर । भक्तपुरमा सुत्केरी बहिनीलाई सेक्न बसेको दिदीको मृत्यु भएको छ । झ्याल–ढोका बन्द गरेर सुत्केरी बहिनी सेक्न बसेको उनको निसास्सिएर मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

मृत्यु हुनेमा काभ्रे तिमाल गाउँपालिका–३ की २२ वर्षीय सुनिता तामाङ छिन् । उनी भक्तपुर सूर्यविनायक–१० मिलन चोकमा आमासँग डेरामा बस्दै आएका थिइन् ।

उनीसँगै कोठामा सुतेका आमा र बहिनी अचेत अवस्थामा रहेका छन् । आमा र बहिनी शान्तिमाया तामाङको अहिले मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।

आइतबार राति ११ बजे उनीहरुलाई झ्याल–ढोकाको चुकुल फोडेर निकालिएको थियो । सोहि दिन बहिनी अनिता सुत्केरी भएको र सुत्केरी सेक्न कोठामा कोइला बालिएको थियो । सुनिताको अस्पताल लगेको दुई घन्टापछि मृत्यु भएको थियो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार