थप ४७६२ जनामा कोरोना संक्रमण , ६४९१ संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ७ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १७ हजार ४८० जनामा परीक्षण गर्दा ४ हजार ७ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख ६१ हजार ३ सय २ पुगेको छ । हाल देशभर १ लाख ८ हजार ८ सय ९७ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट ११४ जनाले ज्यान गुमाएका छन् । यो संगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार ३ सय ८६ पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ४ सय ९१ जनाले कोरोना जितेका छन् । यो संगै कारोना संक्रमणमुक्त हुनेको संख्या ४ लाख ४७ हजार ४ सय ४६ रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार