थप ९ हजार ४८३ जनामा कोरोना संक्रमण पुष्टि ,एकैदिन २२५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ९ हजार ४८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।संक्रमित हुनेको कुल संख्या ४ लाख १३ हजार १११ पुगेको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट २० हजार ५९६ जना र एन्टिजेन विधिबाट ७२० जनाको परीक्षण गर्दा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या ९७ हजार नाघेको छ । मंगलबारसम्म सक्रिय संक्रमितको संख्या ९७ हजार ८ जना जना पुगेको हो ।

पछिल्लो समय मृत्युदर समेत ह्वात्तै बढेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट २२५ जनाले ज्यान गुमाएका छन् ।यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ४ हजार ८४ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ५ हजार २२५ जनाले कोरोना जितेका छन् । यससँग देशभर कोरोना निको हुनेको कुल संख्या ३ लाख १२ हजार १९ पुगेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार