देविस्थानका पुनको हत्यामा संलग्न ५ जना सार्वजनिक (भिडिओ)

बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ पुनथोकका धजेन्द्र पुनको हत्यामा संलग्न ५ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । २०७८ बैशाख १४ गते देखि हराउनुभएका धजेन्द्र पुनको २५ गते सोही पुनथोकको मार्चुला सामुदायीक बनको बराहथान स्थित ढुङ्गाको चेप (ओडार) भित्र गाडिएको अवस्थामा शव फेला परेको थियो । हत्यामा संलग्न पाँच जनालाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक श्यामकुमार राईका अनुसार देविस्थान घर भई हाल कास्कीको पोखरामा बस्न २१ बर्षिय भेषबहादुर बिक र रामबहादुर परियारले अन्य तीन जनाको सहयोगम पुनको हत्या गरेको स्विकार गरेका छन् ।

बैशाख १४ मा भेषबहादुरका दाजुको बिवाहमा निम्तो मान्न जानुभएका धजेन्द्रको पाँच जना मिलेर हत्या गरेको प्रहरीसमक्ष बयान दिएका छन् । हत्यामा संलग्न अन्य तीन जना १८ बर्षभन्दा कम उमेर भएकोे कारण नाम सार्वजनिक नगरिएको प्रनाउ राईले बताउनुभयो । पाँच जनाले कुटपिट गर्ने क्रममा ज्यान गएपछि घर नजिकैको जंगलको ओडारमा लगेर शव लुकाएका थिए । भेषबहादुर र धजेन्द्र विच पुरानो रिसिबि भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । कुटपिट गर्ने क्रममा पुनको मृत्यु भएपछि ओेडारमा शव लुकाएर चार जना पोखरा गएका थिए । भने एक जना गाउँबाटै प्रक्राउ परेका हुन् । टाउको र कुम देखिएको अवस्थामा शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

यो पनि…

https://myagdinews.com/2021/05/%e0%a5%a7%e0%a5%a7-%e0%a4%a6%e0%a4%bf%e0%a4%a8-%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a5%80-%e0%a4%b9%e0%a4%b0%e0%a4%be%e0%a4%8f%e0%a4%95%e0%a4%be-%e0%a4%af%e0%a5%81%e0%a4%b5%e0%a4%be%e0%a4%95%e0%a5%8b/

पुन संगै १४ गतेदेखी सम्पर्क विहिन भएका ,अभियुक्तले घटना स्थलमा छाडेको मोवाइल सेट ,घाँटी अथ्याउन प्रयोग भएको चार्जरको कनेक्टर तार र उनिहरुको पुरानो सम्बन्धलाई आधार मानेर प्रहरीले अनुसन्धान गरेको थियो । मृतक पुन र उहाँका बुबासंग भेषबहादुरको पुरानो रिसिबि भएको मृतकका दाजु तिलक पुनले प्रहरीमा जाहेरी दिनुभएको थियो । हत्यामा संलग्नलाई जन्मकैदको सजाय हुने कानुनी व्यबस्था छ ।हत्यामा संलग्न ५ जनालाई सोमबार नै जिल्ला अदालतमा पेश गरेर थप अनुसन्धानका लागि हिरासतमा राख्न सात दिन म्याद थप गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार