देविस्थानमा स्वास्थ्य सामाग्री वितरण

बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ रुन्मा स्थित नव सिर्जना युवा क्लब र सुन्तला बिकास समूहले संयुक्त रुपमा वडा स्वास्थ्य सामाग्री वितरण गरेको छ । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको जोखिम बढीरहेकाले त्यसको जोखिम कम गर्न वडाका सबै ग्रामिण बस्तीमा मास्क ,सेनिटाइजर,गोलोप्स ,साबुन लगायत स्वास्थ्य सामाग्री वितरण गरिएको क्लबका कोषाध्यक्ष कुलेन्द्र फगामीले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त स्वास्थ्य सामाग्री क्लब र सुन्तला बिकास समूहका पदाधिकारीहरुले वडा भित्र सबै गाउँका घरदैलोमा पुगेर वितरण गरेका हुन् । सुन्तला बिकास समूह र क्लबको संयुक्त सहकार्यमा वडा भित्रका सबै गाउँमा घरदैलो मार्फत करिब ४० हजार रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री वितरण गरिएको क्लब अध्यक्ष तमबहादुर पुनले बताउनुभयो । समुदाय स्तरमा कोरोना संक्रमणको दर बढीरहेकाले त्यसको जोखिम कम गर्न वडाबासीलाई स्वास्थ्य सामाग्री वितरण गरिएको क्लब अध्यक्ष पुनको भनाई छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार