निर्माणाधिन पर्खाल भत्काएपछि दरबाङ बजार जोखिममा

बेनी । बुधबार रातिदेखी परेको अविरल बर्षाका कारण म्याग्दी नदीमा पानिको बहाव बढेको छ । म्याग्दीमा नदीमा पानीको बहाव बढेपछि जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित दरबाङ बजार संरक्षणका लागि निर्माणाधिन अवस्थामा रहेको पक्की पर्खाल बगाएको छ । बुधबार रातिदेखि परेको अविरल बर्षाका कारण म्याग्दी नदीमा बढेको पानीको बहावले निर्माणाधिन अवस्थामा रहेको पक्की पर्खाल बगाएकोे म्याग्दी उद्योग वाणिज्य संघ मालिका गाउँपालिका इकाईका सचिव तथा दरबाङका होटल व्यवसायी अमृत सापकोटाले जानकारी दिनुभयो । म्याग्दी नदी कटानका कारण दरबाङ बजार जोखिममा रहेको उहाँले बताउनुभयो ।

https://myagdinews.com/2021/05/%e0%a4%95%e0%a5%8b%e0%a4%b0%e0%a5%8b%e0%a4%a8%e0%a4%be-%e0%a4%b8%e0%a4%82%e0%a4%95%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%a3-%e0%a4%ac%e0%a4%a2%e0%a5%87%e0%a4%aa%e0%a4%9b%e0%a4%bf-%e0%a4%97%e0%a4%be/

नदी कटान नियन्त्रणका लागि तटबन्ध निर्माणको ठेक्का हिमालय बिल्डर्सले गत चैतमा लिएको थियो । सो ठेकेदार कम्पनीले ७ मिटर अग्लो ४५ मिटर लम्बाई पक्की पर्खाल निर्माण गर्न ५६ लाख रुपैयाँमा गाउँपालिकासंग सम्झौता गरेको थियो । नदीमा आएको बाढीले किनारमा राखिएका निर्माणका उपकरण समेत बगाएको छ । बाढीका कारण प्रारम्भिक चरणमा रहेको पर्खाल निर्माणको काम रोकिएको गाउँपालिकाले जनाएको छ ।

https://myagdinews.com/2021/05/%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%97%e0%a4%a3%e0%a5%8d%e0%a4%a1%e0%a4%95%e0%a5%80-%e0%a4%a8%e0%a4%a6%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%aa%e0%a4%be%e0%a4%a8%e0%a5%80%e0%a4%95%e0%a5%8b/

यसैगरी, गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगरले बर्षाका कारण प्राकृतिक प्रकोपबाट बच्न उच्च सतर्कता अपनाउन गाउँपालिकाबासीलाई आग्रह गर्नुभएको छ । उहाँले आपतकालिन विपद व्यवस्थापनका लागि मालिका गाउँपालिका विपद् व्यवस्थापना समिति ,वडा विपद् व्यवस्थापन समिति र इलाका प्रहरी कार्यालय दरबाङलाइ सम्पर्क गर्न समेत आग्रह गर्नुभएको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार