नेपाल पत्रकार महासंघका अध्यक्ष पोख्रेल सवार कार दुर्घटना

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल चढेको कार दुर्घटनामा परेको छ । दुर्घटनामा परी नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकार सुदीप गौतमको टाउकोमा सामान्य चोट लागेको छ भने अरु सकुशल रहनुभएको छ ।

अध्यक्ष पोख्रेलको प्रदेश ३—०१, ०२२ च ९२२६ नम्बरको निजी कारमा दाङ शाखाका अध्यक्ष दुर्गालाल केसी, शाखा उपाध्यक्ष सन्तोष सुवेदी र सल्लाहकार सुदीप गौतम सवार हुनुहुन्थ्यो । कारलाई तुलसीपुरको उद्योग वाणिज्य संघ नजिकै रा १ च ९५५ को स्कारपियोले ठक्कर दिएको हो ।

गत चैत २५ गते नेपाल पत्रकार महासंघको निर्वाचनमा अध्यक्ष पदमा निर्वाचित भएपछि अध्यक्ष पोख्रेल पहिलोपटक गृहजिल्ला दाङ आउनुभएको हो । हिजो घोराहीका पत्रकारहरुसँग भेटघाट गर्नुभएका अध्यक्ष पोख्रेल आज तुलसीपुरका पत्रकारहरुसँग भेटघाटका लागि त्यहाँ जानुभएको थियो ।पहिलोपेजबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार